Birendra subba biography in nepali language.

                                                          बिहान


                                                        - वीरेन्द्र सुब्बा


१. जन्म : कवि वीरेन्द्र सुब्बाको जन्म १२ दिसम्बर सन् १९२७-मा दार्जीलिङमा भएको हो।


२. विशेषता र योगदान : कवि वीरेन्द्र सुब्बाका आफ्नै विशेषताहरू छन्। उनका कविताहरू सरल नभएर क्लिष्ट छन्। उनका कविताहरूमा सङ्गीतात्मक शिल्प-शैली र भावहरू पाइन्छन्। उनका कविताहरू कतिपय संस्कृतका क्लिष्ट तत्सम शब्दहरूको प्रयोग भएका हुन्छन्। उनी संवेदनशील कवि हुन्। उनका कविताहरूमा नवीन धारा पाइन्छ। कतिपय कविताहरूमा असन्तुष्टि र निराशाहरू पाइन्छन्। उनले कतिपय कविताहरूमा बौद्धिकता र जातीय अस्तित्वलाई पनि अप्नाएका छन्। उनले नेपाली कविता साहित्यका त्रिमूर्ति - 'भानुभक्त, सिद्धिचरण' आदिलाई श्रद्धा पनि गरेका छन्। यसबाहेक उनका कविताहरूमा प्रगतिवादी चिन्तन, सामाजिक शोषणको विरोध, समाजमा नयाँ बिहानी ल्याउने आग्रह, असमानताको पर्खाल तोड्ने आह्वान आदिआदि विशेषताहरू पाइन्छन्।


   कवि वीरेन्द्र सुब्बाले प्रशस्तै योगदान दिएका छन्। उनले अच्छा राई 'रसिक' आदिसँग मिलेर सन् १९४६ तिर प्रगतिशील साहित्य परिषद्'-को स्थापना गरेका थिए। उनले ‘सुस्केरा' नामक पत्रिका पनि प्रकाशित गरेका थिए। उनका फुटकर कविताहरू 'गोर्खा' र 'भारती' जस्ता पत्रिकाहरूमा प्रकाशित हुन्थे। उनी नाटककार पनि हुन्। उनले सन् १९४० तिर ‘भानुभक्त' नाटक लेखेर दार्जीलिङमा मञ्चन पनि गरेका थिए। पछि सन् १९७८-मा काठमाडौंको साझा प्रकाशनबाट उनका दुई लघु नाटिकाहरू 'फिस्टा' र 'तस्वीर' प्रकाशित भए। उनका कतिपय आलोचनात्मक लेखहरू ‘माइकल मधुसूदन दत्त' र अगमसिंह गिरी'-का विषयमा छन्। उनले सन् १९६८-मा कवितात्मक शैलीमा मूल सड़कतिर' नामक उपन्यास लेखेका हुन्। उनका प्रकाशित कृतिहरू :


  क) कविता सङ्ग्रह : १. एकान्त (दानियल खालिङसँग संयुक्त)

२. कुसुम छोरी 

३. स्वर्णिमा 

४. मेघमाला




Post a Comment

0 Comments