मेरो बचाइको एक दिन
- अगमसिंह गिरी
जन्म - कवि अगमसिंह गिरीको जन्म २७ दिसम्बर सन् १६२७ मा दार्जीलिङको चाँदमारीमा भएको थियो। उनका पिताको नाम छविलाल गिरी र माताको नाम विमलादेवी गिरी हुन्।
साहित्य प्रवेश - कवि गिरीले विद्यार्थी जीवनदेखि नै साहित्यमा रूचि राखेर कविता लेख्नथालेका थिए। उनले आफ्ना माता-पिताबाट प्रेरणा पाई साहित्यिक गतिविधिमा भाग लिँदैगए। उनका आरम्भका रचनाहरू हस्तलिखित पत्रिकाहरूमा प्रकाशित हुन्थे।
शिक्षा एवं कार्यक्षेत्र - कवि गिरीले दार्जीलिङको सन्त रोबर्ट्स स्कूलमा पढ्दा पढ्दै शिक्षा अधूरै छोडेका थिए। प्रवेशिकासम्म पढ़ी उनले शैक्षिक वृत्तिलाई अँगाली भानुभक्त प्राथमिक पाठशाला, दार्जीलिङका प्रधान अध्यापक बने। 'दियालो' र 'अस्तित्व' आदि पत्रिकाहरूको केही कालसम्म सम्पादन कार्य गरे।
काव्य विशेषता - कवि अगमसिंह गिरी दार्जीलिङका मात्र प्रख्यात कवि नभएर नेपाली साहित्यकै विशिष्ट कवि हुन् । कतिपय समालोचकहरूले उनलाई दार्जीलिङको देवकोटा पनि भनेका छन् । कवि गिरी पीड़ा, वेदना, नैराश्य अनि अत्यन्त संवेदनशील कवि हुन् । कवि गिरीका कविताहरूमा जातिप्रेम, प्रकृति चित्रण, राष्ट्रप्रेम, रोमाण्टिक भाव, भाषा, साहित्य र संस्कृति प्रेम, आर्थिक विपन्नता, जातिको दुर्दशा र दुरवस्था आदि प्रवृत्तिहरू पाइन्छन्।
योगदान - कवि अगमसिंह गिरीले नेपाली साहित्यलाई ठूलो योगदान पुयाएका छन्। उनका रचनाहरू नेपाली साहित्यका विभिन्न पत्रिकाहरू गोर्खा, साथी, उदय, प्रभात, भारती, पूर्णिमा, कथाकुञ्ज आदितिर प्रकाशित भएका छन्। उनले साहित्यका विविध विधाहरू जस्तै कथा, कविता, खण्डकाव्य, गीति-काव्य, लेख आदितिर कलम चलाएर नेपाली साहित्यको सक्दो सेवा पुयाएका छन् । उनले भारतीय नेपालीहरूलाई चियाबारीको माया, माटोको माया, पहाडलाई माया, भाषा-साहित्य र संस्कृतिलाई माया एवं जातिप्रेम गर्नमा ठूलो योगदान दिएका छन्।
पुरस्कार - कवि गिरीले 'पहाडलाई मेरो माया' शीर्षक कविताका लागि 'रत्नश्री पुरस्कार' अनि ‘जलेको प्रतिविम्ब : रोएको प्रतिध्वनि' कविता सङ्ग्रहका लागि पश्चिम बङ्गाल सरकारको भानुभक्त पुरस्कार प्राप्त गरेका थिए।
मृत्यु - कवि अगमसिंह गिरीको मृत्यु ४४ वर्षको उमेरमा ३१ जनवरी सन् १६७१ मा दार्जीलिङमा भयो।
कवि अगमसिंह गिरीका प्रकाशित काव्य-कृतिहरू :
१. खण्डकाव्य - याद (सन् १६५५), आँसु (सन् १६६६), युद्ध र योद्धा (सन् १६७१)।
२. कविता-सङ्ग्रह - आत्मव्यथा (सन् १६५६), जीवन गीत (सन् १६६६); जलेको प्रतिविम्ब : रोएको प्रतिध्वनि (सन् १६७८)।
0 Comments